२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीनकुने घटनामा सरकारको पूर्वतयारी के थियो ? भन्दै माओवादी सांसद पाण्डेले उठाए प्रश्न

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले गत चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनबारे सरकारले पूर्वतयारी नगर्नुको कारणबारे प्रश्न गरेका छन् ।

शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भएको छलफलमा भाग लिँदै उनले सरकारले कस्ता सूचना राखेको थियो ? सम्भावित दुर्घटनाबारेका विश्लेषण लगायतबारे प्रश्न गरे ।

‘हाम्रो दलसहित समाजवादी मोर्चाले कार्यक्रम गरेको थियो । हाम्रो कार्यक्रमपछिमात्रै यो कार्यक्रम तय भएको थियो,’ उनले प्रश्न गरेका छन्, ‘यस्तो क्रममा सरकारले सूचना संकलन कसरी गर्‍यो ? हाम्रो अनुसन्धान जो एउटा विभाग छ, यसले कसरी काम गर्‍यो ?’

उनले थप प्रश्न अघि सारेका छन्, ‘के विश्लेषण थियो ? कसरी आयो ? पूर्वतयारी किन हुन सकेन ?’

आफ्नो दलले यस्ता गतिविधि हुनसक्ने भन्दै पार्टीको अभियान नै रोकेर केन्द्रित हुँदा सरकारले गम्भीर रूपमा नलिएको बताए ।

‘हामीले समाजवादी मोर्चाको तर्फबाट पहिल्यैदेखि नै देशमा एक किसिमको वातावरण आइरहेको छ है भने, अभियानका विभिन्न कार्यक्रम समेत रोकेर आएका थियौँ,’ पाण्डेले भनेका छन् ।

उनले तीनकुने घटनाको मुख्य जिम्मेवारबारे सरकारले जनतालाई जानकारी गराउनुपर्ने बताएका छन् ।

‘राजावादी भनेर सबैलाई दोष लगाएर हुँदैन । मुख्य योजनाकार त थाहा हुनुपर्‍यो नि,’ पाण्डेले भने ।