काठमाडौँ । गण्डकी विश्वविद्यालयको कुलपतिमा प्रा. डा. इन्द्रप्रसाद तिवारी नियुक्त भएका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई शुक्रबार कुलपति नियुक्त गरेका हुन् ।
कुलपति बन्ने अन्तिम छनोटमा परेका ३ जनाबाट पोखरा विश्वविद्यालयका पूर्वउपकुलपतिसमेत बनिसकेका तिवारीलाई मुख्यमन्त्री पाण्डेले कुलपति नियुक्त गरेका हुन् । उनीसँगै प्रा. डा. विश्वकल्याण पराजुली र सरोज कोइराला कुलपतिका आकांक्षी थिए ।
मुख्यमन्त्री पाण्डेले लोकतान्त्रिक पक्षका मानिने तिवारीलाई कुलपति नियुक्त गर्दै विवाद र राजनीतिक प्रभावमुक्त विश्वविद्यालय बनाउन आग्रह गरेका छन् ।