५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वीरगन्ज झडप प्रकरण : पाँच बुँदे सहमति

अ+ अ-

काठमाडौँ । वीरगन्जमा दुई फरक धर्म समुदाय बीचको विवाद र झडपका कारण शनिबारदेखि जारी तनाव अन्त्य गर्न पाँच बुँदे सहमति भएको छ। 

जिल्ला प्रशासन कार्यालय पर्सामा आइतबार दिनभर भएको दुई पक्षीय, सर्वपक्षीय र सर्वदलीय छलफलपछि साँझ पाँच बुँदे सहमति भएको हो। 

प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र सुरक्षा निकायका प्रमुखहरूको उपस्थितिमा भएको छलफलमा वीरगन्जमा हनुमान जन्मोत्सवको अवसरमा शनिबार निकालिएको शोभा यात्राका क्रममा भएको झडपको घटनामा संलग्न दोषीहरूलाई वैशाख ३ गतेभित्र पक्राउ गरी कारबाही गर्ने, अन्तर धार्मिक-साम्प्रदायिक सद्‍भाव र सहिष्णुता कायम राख्नका लागि सबै पक्ष पूर्ण प्रतिबद्ध रही कानुनी कारबाहीको प्रक्रियामा सहयोग पुर्‍याउने सहमति भएको छ। 

यस्तै शनिबारको घटनामा घाइते भएकाहरूको नि:शुल्क उपचारको व्यवस्था गर्ने, तोडफोड र आगजनीबाट भएका भौतिक क्षतिको क्षतिपूर्तिका लागि प्रशासनले पहल गर्ने, वीरगन्जमा अब आयोजना हुने धार्मिक एवं सांस्कृतिक सम्बन्धी कुनै पनि जात्रा, पर्व, कार्यक्रममा हातहतियारको प्रदर्शन नगर्ने सहमति पनि भएको छ। 

यसैगरी वीरगन्जसहित पर्सा जिल्लामा सञ्चालित सबै धर्मका धार्मिक संस्था र ती संस्थाबाट सञ्चालित मदरशा र विद्यालयहरूमा सूक्ष्म अनुगमन गरेर अन्यथा देखिएमा कारबाहीको दायरमा ल्याउने लिखित सहमति गरिएको छ ।

उक्त पाँच बुँदे सहमति पत्रमा उल्लेख पाँच वटै बुँदाप्रति जिल्लामा सक्रिय सबै राजनीतिक दलका नेता, हिन्दु र मुस्लिम समुदायका अगुवाहरूले हस्ताक्षर गरेका छन् । 

प्रतिक्रिया दिनुहोस