काठमाडौँ । वैवाहिक बलात्कारमा मुद्दामा सफाइ पाएपछि निलम्बित न्यायाधीश भुवन गिरी कारागार मुक्त भएका छन् ।
सोमबार बिहान गिरी डिल्लीबजार कारागारबाट छुटेका हुन् । राति अबेर सफाइ पाएको भन्ने फैसलाको कागजात आइपुगेपछि उनी आज छुटेको डिल्लीबजार कारागार कार्यालयले जनाएको छ ।
उच्च अदालत पाटनले आइतबार गिरीलाई वैवाहिक बलात्कारको कसुरबाट सफाइ दिएको थियो । न्यायाधीशद्वय लालबहादुर कुँवर र डिल्लीरत्न श्रेष्ठको इजलासले गिरीलाई सफाइ दिएपछि उनी छुटेका हुन् ।
यसअघि जिल्ला अदालत काठमाडौँका न्यायाधीश दुर्गाप्रसाद भुसालको इजलासले गत जेठमा वैवाहिक बलात्कार मुद्दामा गिरीलाई दोषी ठहर गरेको थियो ।