६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षकको मागमा सरकार किन गम्भीर हुँदैन ? भन्दै प्रधानमन्त्रीलाई काँग्रेस सहमहामन्त्रीको खुला पत्र

अ+ अ-

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुला पत्र लेखेका छन् ।

आन्दोलनरत शिक्षकहरूको माग सम्बोधन गर्न सरकारको ध्यान नगएको भन्दै प्रधानमन्त्रीलाई खुला पत्र लेखेका हुन् ।

उनले भनेका छन्, ‘सरकार किन गम्भीर हुँदैन ? के शिक्षकको शालीनतालाई कमजोरीका रूपमा त हेरिएको होइन ? यदि सरकारले शिक्षक महासंघको आन्दोलन अब १-२ दिन भित्र समाधान नभएमा नेपाली काँग्रेस पार्टीले यस विषयलाई गम्भीरतापूर्वक लिनु पर्दछ ।’

खुला पत्र :

सम्माननीय प्रधानमन्त्रीज्यू

जय नेपाल !
विषय: नेपाल शिक्षक महासंघको आन्दोलनलाई सम्बोधन गर्न सरकारलाई जोडदार माग गर्दै, खुल्ला-पत्र ।

नेपाल शिक्षक महासंघले विगत वर्षदेखि चरणबद्ध आन्दोलन गर्ने क्रममा यही चैत्र २० गतेदेखि काठमाडौं केन्द्रित सडक आन्दोलन गरिरहेको ब्यहोरा अवगत नै छ । नेपाल शिक्षक महासंघसँग विगतमा सरकारले पटक-पटक सम्झौता गरेको विषय स्मरण गराउन चाहन्छु । महासंघले उठाएका जायज मागप्रति हाम्रो समर्थन रहेको छ ।

पार्टीको तर्फबाट अनौपचारिकरुपमा सरकारका सरोकारबाला मन्त्रीहरूसँग बारम्बार छलफल भएको नै छ । तथापि आजसम्म कुनै नतिजा नआउनु अत्यन्तै दुःखद पक्ष हो भन्ने हामीलाई लागेको छ ।

२०८२ साल प्रारम्भ हुँदैछ । आम नेपाली जनता नयाँ वर्ष -आफ्नो तरिकाबाट मनाउँदै छन् तर आम शिक्षक साथीहरू माइतीघरमा आन्दोलन गर्नुपर्ने परिस्थिति सृजना भएको छ ।

सम्माननीय प्रधानमन्त्रीज्यू,

सरकार किन गम्भीर हुँदैन । के शिक्षकको शालीनतालाई कमजोरीका रूपमा त हेरिएको होइन ? यदि सरकारले शिक्षक महासंघको आन्दोलन अब १-२ दिन भित्र समाधान नभएमा नेपाली काँग्रेस पार्टीले यस विषयलाई गम्भीरतापूर्वक लिनु पर्दछ भन्ने मेरो पार्टीसँग समेत जोडदार माग रहनेछ ।

जय नेपाल !
जीवन परियार
प्रतिनिधि सभा सदस्य एवं सहमहामन्त्री, नेपाली काँग्रेस ।

प्रतिक्रिया दिनुहोस