५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘पर्यटन क्षेत्रको विकासबाट मुलुकलाई समृद्ध बनाउन सकिन्छ’-वनमन्त्री शाही

अ+ अ-

भक्तपुर । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले पर्यटन क्षेत्रको विकासबाट आर्थिक गतिविधि चलायमान बनाउँदै मुलुकलाई समृद्ध बनाउन सकिने धारणा राखेका छन् । 

आज भक्तपुरको सूर्यविनायक नगरपालिका-७ गुण्डुस्थित घ्याम्पे डाँडामा सुरु भएको ‘स्वनिग रिसोर्ट’को शिलान्यास गर्दै उहाँले पयटकीय क्षेत्रको विकास देशका आर्थिक विकासको मेरुदण्ड भएको बताए ।

पर्यटकीय क्षेत्रको विकासले समृद्ध मुलुक निर्माणको यात्रामा अगाडि बढ्न सकिने भन्दै मन्त्री ठकुरीले पर्यटकीय क्षेत्रको प्रचारप्रसार, संरक्षण र प्रवर्द्धन गरी पर्यटकलाई आकर्षित गर्नुपर्नेमा जोड दिए । भक्तपुर क्षेत्रमा प्रशस्त पर्यटकीय स्थल रहेकाले यहाँको पर्यटन प्रवर्द्धनमा सबैले सहकार्य र समन्वय गर्नुपर्ने उनको भनाइ छ ।

कूल रु. सात अर्बको लागतमा निर्मित उक्त रिर्साटमा एनआरएनका पूर्वध्यक्ष शेष घले र व्यवसायी अमृत रत्न शाक्यकोसमेत लगानी रहेको छ । कार्यक्रममा बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापा, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पोलिटब्युरो सदस्य महेश बस्नेतलगायत वक्ताले पर्यटन प्रवर्द्धनका माध्यमबाट सूर्यविनायक नगरपालिकामा आर्थिक गतिविधि थप चलायमान बन्ने बताएका थिए । 

‘भैरव रिसालले पत्रकारिता क्षेत्रमा पुर्‍याएका योगदान बिर्सन हुँदैन’ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले स्वर्गीय वरिष्ठ पत्रकार भैरव रिसालले पत्रकारिताका क्षेत्रमा पुर्‍याएका योगदानलाई कहिले बिर्सन नहुने बताएका छन् ।

पत्रकार समाज नेपालले आज आयोजना गरेको रिसालको स्मृति सभामा उनले नेपाली पत्रकारिताको विकासमा पुर्‍याएका योगदानको राज्यले उच्च मूल्यांकन गर्नुपर्ने धारणा राखे । जीवनको उत्तराद्र्धमा पनि रिसालले आफ्नो कलमलाई बलियो बनाउँदै निष्पक्ष पत्रकारिताको उदाहरण दिएका उनको भनाइ छ ।

सांसद प्रेम सुवालसहित वक्ताले रिसाललाई सम्झना गर्दै उहाँको योगदानको प्रशंसा गरेका थिए । कार्यक्रममा भैरव रिसालप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस