६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्य बिमामा रुपा गाउँपालिकाको ५० प्रतिशत अनुदान

अ+ अ-

कास्की । कास्कीको रुपा गाउँपालिकाले पालिकाका सबै नागरिकको स्वास्थ्य बिमा गरिदिने भएको छ । रुपामा कुल तीन हजार ५०० घरपरिवार रहेकामा हालसम्म ५०० परिवारको बिमा गरिसकिएको र बाँकीलाई समेत सहभागी गराइने गाउँपालिका अध्यक्ष नवराज ओझाले जानकारी दिए ।

उहाँका अनुसार स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत पाँच जनाको परिवारको बिमा गर्दा लाग्ने रु. तीन हजार ५०० को ५० प्रतिशत गाउँपालिकाले व्यर्होने छ । बिमाका लागि अनुदान दिन पालिकाले चालु आर्थिक वर्षमा रु. २० लाख बजेट विनियोजन गरेको ओझाले बताए । उनले भने, “स्वास्थ्योपचार सेवा नागरिकको मौलिक अधिकार हो । स्वास्थ्य बिमामार्फत नागरिकको स्वास्थ्योपचार सेवामा पहुँच वृद्धि गर्ने गरी मौलिक हकको कार्यान्वयनको काम गरेका छौँ ।”

त्यसै गरी, गाउँपालिकाले स्थापना गरेको रुपा अस्पतालमा सोमबारदेखि स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको छ । बिमा बोर्डसँगको सहकार्यमा रुपा अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम गरिएको हो । पालिकाभित्रको स्वास्थ्य संस्थामा स्वास्थ्य बिमा कार्यक्रम नहुँदा जनताले सेवा लिन पोखरा धाउनुपर्ने र विभिन्न समस्या पनि झेल्नुपर्ने भएकाले त्यसलाई सहज बनाउन स्वास्थ्य बिमा कार्यक्रम सुरुआत गरिएको गाउँपालिकाले जनाएको छ ।

रुपा अस्पतालमा हाल दुई चिकित्सकसहित २८ जना स्वास्थ्यकर्मी अस्पतालमा कार्यरत रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी बरालले जानकारी दिए । अस्पतालमा आगामी वर्षदेखि दन्त उपचार सेवा विस्तार गर्ने योजना छ । सो अस्पताल सञ्चालनका लागि पालिकाले वार्षिक रु. ५० लाख खर्च गर्दै आएको बरालले बताए । 

रुपा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुवास सुवेदीले अस्पतालबाट २४ सैँ घण्टा आकस्मिक सेवा, सार्वजनिक बिदाको दिनबाहेक ओपिडी सेवा, नि:शुल्क एम्बुलेन्स सुविधा, एक्स रे मेसिन, ल्याब, फार्मेसी, गर्भवती जाँच, गाउँघर स्वास्थ्य क्लिनिक, नियमित खोप सेवा उपलब्ध भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस