काठमाडौँ । संयुक्त राष्ट्रसंघको आह्वानमा सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली भएको छ ।
दि फेमश महिन्द्रदल गण (शान्ति सेना) छैठौँ डफ्फा र श्री सैनिक प्रहरी युनिट (शान्ति सेना) नवौँ डफ्फालाई बदली गर्नको लागि रिपुमर्दन गण (शान्ति सेना) सातौँ डफ्फाका १६३ जना र सैनिक प्रहरी युनिट (शान्ति सेना) दसौँ डफ्फाका ३२ जना गरी जम्मा १९५ जना नेपाली शान्ति सैनिकहरूको अन्तिम टोली सेनानी श्याम सुन्दर कार्कीको नेतृत्वमा संयुक्त राष्ट्रसंघको चार्टड विमानद्वारा मंगलवार मिसन इलाकातर्फ प्रस्थान गरेको हो ।
यसअघि सोही मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी दि फेमश महिन्द्रदल गण (शान्ति सेना) छैठौँ डफ्फामा कार्यरत १६५ जना, श्री सैनिक प्रहरी युनिट (शान्ति सेना)नवौँ डफ्फामा कार्यरत ३२ जना सहभागी ३ जना गरी जम्मा २०० जना शान्ति सैनिकहरू प्रमुख सेनानी रमेश खड्काको नेतृत्वमा सोही दिनमै स्वदेश फिर्ता भएसँगै नयाँ टोली गएको हो ।
हाल उक्त मिसनमा नेपाली सेनाका १२४४ जना शान्ति सैनिकहरू कार्यरत छन् ।
