७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिकी आक्रमणबाट यमनमा ३८ जना मृत्यु

अ+ अ-

काठमाडौँ । अमेरिकी आक्रमणबाट यमनमा ३८ जनाको मृत्यु भएको छ। यमनको रास इसा तेल बन्दरगाहमा अमेरिकाले हवाई आक्रमण गर्दा कम्तीमा ३८ जनाको मृत्यु भएको अल जजीराले उल्लेख गरेको छ।

स्थानीय अधिकारीहरूका अनुसार अमेरिकी सेनाले यमनमा गरेको यो अहिलेसम्मकै ठूलो आक्रमण हो। स्वास्थ्य निकायहरूले दिएको जानकारीअनुसार आक्रमणमा १०२ जना घाइते भएका छन्। 

अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम)ले हुथीहरूको आयस्रोत कमजोर पार्ने उद्देश्यले हवाई आक्रमण गरिएको बताएको छ। ‘अमेरिकी सेनाले इरान समर्थित हुथी आतंककारीहरूको इन्धनको स्रोतलाई कमजोर पार्न कारबाही गरेको छ, ’ सेन्टकमले सामाजिक सञ्जालमा उल्लेख गरेको छ। आक्रमणको उद्देश्य हुथीहरूको आयस्रोतलाई कमजोर पार्नु रहेको सेन्टकमले प्रस्ट पारेको छ। 

यमनको लगभग ७० प्रतिशत आयात र मानवीय सहयोगको ८० प्रतिशत सोही बन्दरगाहबाट हुने गरेको बताइएको छ। 

प्रतिक्रिया दिनुहोस