काठमाडौँ । शिक्षक महासंघका प्रतिनिधिले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्ने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको महासंघको टोलीले प्रधानमन्त्री ओलीलाई भेट्न लागेको हो ।
प्रधानमन्त्रीले ७ बजेको समय दिएको उनीहरूको भनाई छ । प्रधानमन्त्री ओलीलाई भेट्नु अघि महासंघ छलफलमा जुटेको छ ।
शिक्षक महासंघको नेतृत्वमा २० चैतदेखि शिक्षकहरूले काठमाडौंमा आन्दोलन गरिरहेका छन् ।
शिक्षा मन्त्रालय र शिक्षक महासंघबीच संवाद भइरहेपनि सहमति जुटेको छैन । मन्त्रिपरिषद् र मन्त्रालयले गर्न सक्ने निर्णय गरेमा आन्दोलनको मोडालिटी परिवर्तन गर्न सक्ने संकेत महासंघले दिएको छ ।