काठमाडौँ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया ६ वर्षे कार्यकाल पुरा गरी शुक्रबार अवकाश भएका छन् ।
६ वैशाख, २०७६ मा नियुक्त भएका उनलाई निर्वाचन आयोगका अरु पदाधिकारी र कर्मचारीहरूले बिदाइ गरेका छन् ।
नेपालको संविधानमा निर्वाचन आयोगका प्रमुख र अरु आयुक्तहरूको ६ वर्षे पदावधि तोकिएको छ ।
प्रमुख आयुक्त थपलियाले आफ्नो नेतृत्वको कार्यकालमा २०७९ सालको स्थानीय तह निर्वाचन र २०८० सालमा प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन गराएका थिए । निर्वाचन आयोगमा नियुक्त हुनुअघि थपलिया नेपाल सरकारका सचिव थिए ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत रहँदै थपलियाले प्रमुख निर्वाचन आयुक्तमा बाजी मारेका थिए ।
सम्बन्धित समाचार : प्रमुख निर्वाचन आयुक्तमा दिनेश थपलिया सिफारिस
थपलिया निजामती प्रशासनका ‘चतुर खेलाडी’का रुपमा चिनिन्छन् ।