काठमाडौँ । नेकपा माओवादी केन्द्रको जारी ‘जनतासँग माओवादी जागरण अभियान’ वैशाख १७ गते सकिने भएको छ ।
बिहीबार बसेको माओवादी संसदीय दलको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही वैशाख १७ गते कञ्चनपुर पुगेर जागरण अभियान सकिने बताएका हुन् ।
हुलाकी राजमार्ग केन्द्रित माओवादीले यो अभियान गत फागुन १२ गते सुरु भएको थियो ।
बीचमा रोकिँदै फेरि सुरु हुँदै गरेको यो अभियान दुई महिना पछि सकिन लागेको हो ।