१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माधवको प्रष्टीकरण-‘शिक्षकहरूले हामीलाई खेदेको होइन, नाराबाजीसहित स्वागत गरेका हुन्’

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले शिक्षकहरूको आन्दोलनलाई ऐक्यबद्धता जनाउन आफूहरू जाँदा शिक्षकहरूले भव्य स्वागत गरेको बताएका छन् ।

आन्दोलनरत शिक्षकहरूलाई समर्थन गर्न जाँदा नाराबाजी भएको भनी गलत नियतले प्रचार गरेको भन्दै उनले आपत्ति जनाए ।

शिक्षक आन्दोलनबाट फर्किएपछि एक भिडिओ सन्देश जारी गर्दै उनले भने, ‘हामीले शिक्षकहरूको मागप्रति ऐक्यबद्धता जाहेर गर्‍यौँ । शिक्षकहरूमा उत्साह बढेको पायौँ । मनोबल बढेको पायौँ । त्यसपछि हामी बिदा भएका हौँ । तर, गलत नियत बोकेकाहरूले अनावश्यक प्रचार गरेका छन् ।’

उनले शिक्षकहरूले आफूहरूलाई खेदेको नभई स्वागत गरेको दाबी गरे ।

उनले थपे, ‘शिक्षकहरूले ताली बजाएर, नारा लगाएर र हामीले पनि मुठ्ठी उचालेर उहाँहरूको नारामा साथ दिएका थियौँ । बाहिर गरिएका स्टन्टबाजीको कुनै अर्थ छैन ।’

उनले शिक्षकहरूको माग सम्बोधन गर्न सरकारसँग माग गरे । नेपालले आफ्नो पार्टीको शिक्षक आन्दोलनप्रति समर्थन रहेको बताए ।

प्रतिक्रिया दिनुहोस