काठमाडौँ । आन्दोलनरत शिक्षक र सरकारबीच ९ बुँदे सहमति भएसँगै जारी शिक्षकहरूको आन्दोलन फिर्ता भएको छ ।
सहमति भएका विषयहरू मन्त्रिपरिषदबाट पारित भएपछि आन्दोलनका कार्यक्रम फिर्ता भएको शिक्षामन्त्री रघुजी पन्तले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन् ।
आन्दोलनका सबै कार्यक्रम स्थगित भएपछि भोलिबाट विद्यार्थी भर्ना सुरु हुने मन्त्री पन्तले जानकारी दिए ।







