२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धनकुटामा बस दुर्घटना हुँदा एकको मृत्यु, १४ जना घाइते

अ+ अ-

भोजपुर । धरानबाट धनकुटा आउँदै गरेको १ ख २१७७ नम्बरको बस धनकुटाको गोठ गाउँमा दुर्घटना भएको छ । दुर्घटनामा परी १४ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको मृत्यु भएको छ भने तीन जनाको अवस्था जटिल रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

घाइतेलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल धनकुटा लगिएको छ । आज बिहान १०:१५ बजेतिर धनकुटा नगरपालिका-६ गोठगाँउस्थित कोशी लोक मार्गमा धरानबाट भोजपुरतर्फ जाँदै गरेको यात्रुवाहक सडकबाट तल खस्दा दुर्घटना भएको हो । 

घाइतेमध्ये धनकुटा नगरपालिका-६ बस्ने ७३ वर्षीया कृष्णकुमारी राईको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । अन्य घाइतेमा भोजपुरको षडानन्द नगरपालिका-१३  का सूर्यमणि तामाङ, सोही स्थानका अनमोल तामाङ, सुनसरीको बराहक्षेत्र नगरपालिका-२ का कृष्ण राउत, बस चालक सुनसरीको धरान उपमनपा-१३ का रुद्र तामाङ, भोजपुर पौवादुङमा गाउँपालिका-३ च्याङग्रेका गंगाप्रसाद सापकोटा रहेका छन् ।

साथै भोजपुर नगरपालिका-११ का सविना बराइली, सोही ठाउँका देवी टविक, धनकुटाको साँगुरीगढी गापा-६ का हंशबहादुर राई, भोजपुरको षडानन्द नगरपालिका-११ कापुर्णमाया तामाङ, भोजपुर नगरपालिका-११ का लिलाबहादुर श्रेष्ठ, धनकुटा साँगुरीगढी गाउँपालिका-६ का दीर्घमाया राई, इटहरीका आयुष राई र धनकुटा-६ का धनकुमार विक पनि घाइते भएको प्रहरीले उल्लेख गरेको छ ।