१३ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विदेश बस्ने आफन्तलाई रातो च्याउ कोसेली

अ+ अ-

गलेश्वर (म्याग्दी) । यहाँको लेकाली क्षेत्रको जङ्गलमा पाइने रातो च्याउ सहर र विदेशमा रहेका आफन्तलाई पठाउने आकर्षक कोसेली बन्न थालेको छ ।

औषधीय गुण र स्वादले युक्त रातो च्याउ धेरैको रोजाइमा पर्ने गरेको हो । पेसा, व्यवसाय र अध्ययनका सिलसिलामा विश्वका विभिन्न देश पुगेका आफन्त र यहाँ घुम्न आउने पर्यटकले रातो च्याउ कोसेलीका रूपमा लैजाने गरेका छन् ।

जिल्लाको धवलागिरि, मालिका, मङ्गला, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाका उपल्लो क्षेत्रमा रातो च्याउ पाइन्छ । जेठको पहिलो सातादेखि साउनसम्म च्याउ पाइने मालिका गाउँपालिका-५ का इलमी बुढामगरले बताइन्। “बुहारी र नाति नातिनी अहिले जङ्गलमा गएर च्याउ टिप्न व्यस्त छिन् । दैनिक तीन/चार किलो च्याउ टिपेर ल्याउँछन्”, बूढाले भनिन्, “केही घरमा खान्छौँ, केही बजारमा बेच्न पठाउछौँ, धेरैजसो बेनी, पोखरा, काठमाडौँमा रहेका आफन्तहरू विदेशमा गएका आफन्तलाई कोसेलीको रूपमा पठाउने गर्छौँ ।” आलो रातो च्याउ बजारमा रु आठ सयदेखि रु एक हजार दुई सय सम्ममा बिक्री हुने गरेको उनले जानकारी दिइन्।

धवलागिरि गाउँपालिका-४ की तारा विकले जापानमा रहेका छोरालाई केही दिन अघि दुई किलो रातो सुकाएको च्याउ कोसेली पठाइन्। जेठ लागेयता उनले १४ किलो च्याउ संकलन गरेर बिक्री गरी रु १५ हजार बढी आम्दानी गरेकी छन् । बजारमा रातो च्याउ बिक्रीको समस्या नभएको उनको भनाइ छ ।

जिल्लाका लेकाली क्षेत्रमा पाइने च्याउ शुद्ध प्राकृतिक  र पौष्टिक हुने भएकाले सहरका बासिन्दा जङ्गलको च्याउ खरिद गर्न गाउँतिर आउने गरेको स्थानीय बताउँछन् ।