२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लगानी सम्मेलनले सुदूरपश्चिम प्रदेशको विकासमा टेवा पुग्छ : परराष्ट्र मन्त्री डा.राणा 

अ+ अ-

सुदूरपश्चिम । परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाले सुदूरपश्चिम प्रदेशमा आयोजना गरिने लगानी तथा विकास सम्मेलनले प्रदेशको विकासमा टेवा पुर्‍याउने बताएकी छन् । 

धनगढी विमानस्थलमा आज पत्रकारहरूसँग सङ्क्षिप्त कुरा गर्दै उनले लगानी तथा विकास सम्मेलनमा केन्द्र सरकारमा सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गरिरहेकी मन्त्रीको पनि सहयोगी भूमिका रहेको बताइन् ।

सुदूरपश्चिम लगानीका लागि प्रचुर सम्भावनाको क्षेत्र रहेको उल्लेख गर्दै उनले भनिन्, “नेपालमा लगानी गर्न धेरैको चासो छ । लगानी गर्न इच्छुकहरूका लागि सरकारले केही नियम कानुन सुधार गर्नुपर्ने भएकाले हामी लगानीमैत्री वातावरण निर्माणमा लागेका छौँ ।” 

हमासद्वारा बन्धक बनाइएका कञ्चनपुरका युवक विपिन जोशीको रिहाइ बारेको जिज्ञासामा उनले मन्त्रालयका तर्फबाट धेरै पहल गरिएको, हमाससँग इरानका परराष्ट्रमन्त्रीले कुरा गरिदिएको, इजिप्टसँग नेपालका प्रधानमन्त्रीले कुरा गर्नुभएको तर उहाँको अवस्था थाहा नभएको मात्र जवाफ प्राप्त भएकाले उहाँ सकुशल हुनुहुन्छ भन्ने आशा गरिएको बताइन् । 

प्रदेश सरकारको पहलमा आगामी असोज १ र २ गते गर्न लागिएको लगानी तथा विकास सम्मेलनको पूर्वतयारी सम्मेलनमा सहभागी हुन परराष्ट्र मन्त्री राणा आज धनगढी आउनु भएको हो । पूर्व तयारी सम्मेलन आजदेखि सुरु भएको छ । प्रदेशको प्रचुर प्राकृतिक स्रोत, सांस्कृतिक सम्पदा, आर्थिक विकासको सम्भावना उजागर गरी रुपान्तरणकारी आर्थिक समृद्धि हासिल गर्ने उद्देश्यले सो सम्मेलन गर्न लागिएको हो ।

सम्मेलनमार्फत उद्योग, खानी, खनिज, शिक्षा तथा स्वास्थ्य, पूर्वाधार तथा यातायात, कृषि तथा जडीबुटी, ऊर्जा, सञ्चार प्रविधि र पर्यटनलगायतका क्षेत्रहरूमा लगानी प्रवर्द्धनको वातावरण निर्माण गर्न सरकारी, निजी र सहकारी क्षेत्र बीचको साझेदारीलाई सशक्त बनाउँदै रोजगारीका अवसर सिर्जना गर्ने लक्ष्य लिइएको छ ।