२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘भिजिट भिसा प्रकरणबारे समितिमा होइन, संसदमै जवाफ दिन्छु’ – गृहमन्त्री लेखक

अ+ अ-

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे संसदमै औपचारिक रूपमा जवाफ दिने घोषणा गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको भिजिट भिसा सम्बन्धी विवादबारे प्रश्न उठाएका थिए ।

सांसदहरूको जिज्ञासापछि जवाफ दिँदै मन्त्री लेखकले समितिमा मात्र जवाफ दिनु पर्याप्त नहुने जनाउँदै, संसदको पूर्ण बैठकमा सम्बोधन गर्ने व्यवस्था मिलाइदिन आग्रह गरे ।

उनले भने, “त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका केही कर्मचारीहरू र अन्य व्यक्तिमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको अनुसन्धानसम्बन्धी प्रश्न यो समितिसम्म सीमित छैन । सबै सांसदहरूको चासो भएकाले म संसदको पूर्ण बैठकमा बोल्न पाउन चाहन्छु । सबै प्रश्नको उत्तर त्यहीँ दिनेछु ।”

विपक्षी दलहरूले गृहमन्त्री लेखक स्वयं पनि प्रकरणमा संलग्न भएको आरोप लगाउँदै संसद अवरुद्ध गर्दै आएका छन् । उक्त सन्दर्भमा सांसदहरूको चासो बढ्दै गएको छ ।