काठमाडौं । लोक सेवा आयोगले लिएको उपसचिव पदको लिखित परीक्षामा एक जना पनि उम्मेदवार उत्तीर्ण भएका छैनन्।
आयोगको केन्द्रीय कार्यालयको विज्ञापन नं. १७१८६/ (८१-८२) अनुसार महिला आरक्षिततर्फ इञ्जिनियरिङ सेवा, सिभिल एभियसन अपरेसन समूह, उपसचिव वा सो सरह पदका लागि लिइएको लिखित परीक्षामा कुनै पनि उम्मेदवार उत्तीर्ण नभएको लोक सेवा आयोगले जनाएको छ।








