ताप्लेजुङ । ताप्लेजुङमा खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
फुङलिङ नगरपालिका-६ का २८ वर्षीय तेजेन्द्र लिम्बुको हत्या गरेको अभियोगमा सोही गाउँमा बस्ने ३२ वर्षीय अर्जुन गुरुङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
उनलाई जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरीले फुङलिङ नगरपालिका भिर कुना जंगलबाट पक्राउ गरेको हो ।
फुपु योगमाया लिम्बुको घरमा पाहुना आएका अर्जुन र उनकै श्रीमती सरिता लिम्बुबीच विवादको क्रममा झगडा हुँदा फुपुले सम्झाई बुझाई दुवै जनालाई घर पठाएकोमा घर फर्कने क्रममा बाटोमा तेजेन्द्रलाई अर्जुनले गए राति खुकुरी प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
गुरुङलाई पक्राउ गरी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।







