काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेको निलम्बनपछि तनाव हुनसक्ने आकलन गर्दै सुरक्षाका लागि नेपाल प्रहरीको टोली खटाइएको छ ।
सुरक्षाका लागि भने प्रहरीको टोली खटाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका थिए ।
त्यसपछि निमित्त प्रमुखको जिम्मेवारी विष्णु जोशीलाई दिइएको छ ।
यस्तो अवस्थामा महानगरमा केही सुरक्षा चुनौती हुनसक्ने भन्दै प्रहरीको टोली खटाइएको हो ।







