२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय योजना आयोग उच्चस्तरीय राष्ट्रिय कार्यशाला तयारीमा जुट्यो

अ+ अ-

काठमाडौं । राष्ट्रिय योजना आयोग उच्चस्तरीय राष्ट्रिय कार्यशाला तयारीमा जुटेको छ ।

२ र ३ असार (जुन १६ र १७) दुई दिनसम्म कोशी प्रदेश काँकडभिट्टामा आयोजना हुने ‘पूर्वी-दक्षिण एसियामा व्यापार तथा यातायात अन्तर आबद्धता चुनौती र आगामी कार्यदिशा’ विषयक उपक्षेत्रीय कार्यशाला तयारीमा समेत आयोग जुटेको हो ।

५ र ६ असार (जुन १९ र २०) मा काठमाडौँमा राष्ट्रिय कार्यशाला आयोजना हुँदैछ । ‘नेपालको अतिकम विकसित मुलुकबाट स्तरोन्नति : नेपालको सहज स्तरोन्नति रणनीति चुनौती तथा आगामी कार्यदिशा’ विषयक उच्चस्तरीय राष्ट्रिय कार्यशाला हुनेछ ।

योजना आयोग र यूएन इस्क्यापको सह आयोजनामा गर्न लागिएको उक्त कार्यशाला तयारी सम्बन्धमा शुक्रबार योजना आयोगमा छलफल भएको हो ।

आयोग उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीको संयोजकत्वमा बसेको तयारी बैठकमा आयोग सदस्यसचिव सुमनराज अर्याल, शिक्षा मन्त्रालयका सचिव चुडामणि पौडेल, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेत लगायत विभिन्न मन्त्रालयका सहसचिव र निजी क्षेत्रका प्रतिनिधि उपस्थिति थिए ।

छलफलमा दुई वटै कार्यशालालाई प्रभावकारी बनाउने र यसका लागि सम्बन्धित मन्त्रालयबाट आवश्यक सहयोग गर्ने, नेपाल सन् २०२६ मा अतिकम विकसित मुलुकबाट स्तरोन्नति गर्ने लक्ष्य अनुसार थप क्रियाशील हुनुपर्ने आवश्यकता रहेको र योजना आयोग तथा सम्बन्धित मन्त्रालयले यस विषयलाई उच्च प्राथमिकता दिनुपर्नेमा छलफल भएको थियो ।

नेपाल, भुटान, बंगलादेशबीचको व्यापार तथा पारवहन सहजीकरणका लागि काँकडभिट्टा पानीट्यांकी हुँदै फूलबारी बंगलाबन्द स्थलगत भ्रमण अध्ययन गर्ने साथै २०२६ मा हुने स्तरोन्नतिका लागि व्यापार अन्तर्राष्ट्रिय सहायता परिचालन, आन्तरिक उत्पादकत्व अभिवृद्धि, वातावरण र विपद् व्यवस्थापन, उत्पादकत्व अभिवृद्धि लगायत विषयमा थप कार्य गर्न आवश्यक भएकाले सोही सम्बन्धमा पनि छलफल भएको र कार्यशालामा पनि सोही विषयमा छलफल गर्ने जनाइएको छ ।