२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली पर्यटन पेसाकर्मीलाई चिनियाँ भाषा प्रशिक्षण

अ+ अ-

काठमाडौँ । नेपालका पर्यटन पेसाकर्मीका लागि चिनियाँ भाषा प्रशिक्षण सुरु भएको छ ।

नेपाल पर्यटन बोर्ड र नेपालस्थित चिनियाँ दूतावासको संयुक्त आयोजनामा बोर्डको सभाहलमा शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले चिनियाँ भाषा प्रशिक्षणको सातौँ ब्याचको औपचारिक उद्घाटन गरे ।

नेपालका पर्यटन पेसाकर्मी तथा व्यवसायी लक्षित गर्दै सुरु गरिएको भाषा प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै मन्त्री पाण्डेले चिनियाँ भाषा प्रशिक्षण कार्यक्रमले नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

चिनियाँ भाषा अनुवादक हुनु भनेको सिपयुक्त जनशक्ति निर्माण हुनु पनि भएको उनले बताए ।

मन्त्री पाण्डेले कार्यक्रममा सहभागी चिनियाँलाई नेपालको प्रकृति हेर्न आह्वान गर्नसमेत आग्रह गरेका छन् ।

जलवायु परिवर्तनका कारण नेपालका हिमालमा हिउँ कम देखिने गरेको उल्लेख गर्दै जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलनका काम पनि भइरहेको मन्त्री पाण्डेले बताए ।

त्यसैगरी कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छेन सोङले नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७५औँ वर्षगाँठका अवसरमा सातौँ भाषा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको बताएका छन् ।

राजदूत सोङले चीन विश्व पर्यटन मोडेललाई पुनर्संरचना गर्ने शक्ति राष्ट्रका रूपमा रहेको बताए ।

चिनियाँ भाषाको ज्ञान हुनु भनेको विश्वको सबैभन्दा ठूलो पर्यटन बजारको लाभ हासिल गर्ने सुवर्ण अवसर भएको समेत राजदूत सोङले बताए ।

त्यसैगरी पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) हिक्मतसिंह ऐरले चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त पहलमा भएको चिनियाँ भाषा प्रशिक्षण महत्त्वपूर्ण पहल भएको बताएका छन् ।

निमित्त सिइओ ऐरले चिनियाँ भाषा प्रशिक्षणले नेपालका पर्यटन पेसाकर्मीको सिप विकास र क्षमता अभिवृद्धि गर्न ठूलो भूमिका खेल्ने छ ।

नेपालमा चिनियाँ भाषा प्रशिक्षणको विगतका ६ वटा ब्याचबाट २ सय ४० जना प्रशिक्षित भइसकेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण क्रममा नेपाल–चीनबीचको सम्बन्ध बलियो बनाउन नेपालका पर्यटन पेसाकर्मीलाई चिनियाँ भाषा प्रशिक्षण गराउने सहमति भए अनुरूप सन् २०१६ देखि नेपालमा चिनियाँ भाषा प्रशिक्षण कार्यक्रम सञ्चालन भइरहेको छ ।