२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय आर्चरी च्याम्पियनसिपमा तिलक र आयशालाई स्वर्ण पदक

अ+ अ-

कास्की । पोखरा रङ्गशालामा सञ्चालन भएको ‘इन्डोर राष्ट्रिय आर्चरी’ च्याम्पियनसिपमा ‘रिकर्व इन्डिभिजुअल’ तर्फ नेपाल पुलिसका तिलक पुनले पुरुषतर्फ स्वर्ण पदक जितेका छन् । सोही विधामा महिलातर्फ नेपाल पुलिसकी आयशा तामाङले स्वर्ण पदक जितेकी हुन् ।

गण्डकी प्रदेश आर्चरी संघको आयोजनामा पोखराको बहुउद्देश्यीय कभर्डहलमा आज सम्पन्न प्रतियोगितामा रिकर्व पुरुषतर्फ तिलकले नेपाल आर्मीका रोशन नगरकोटीलाई ६-२ को सेटले पछि पारेका हुन् । 

महिलातर्फ आयशाले आर्मीकै मित्र राईलाई ६-४ को सेटमा पाखा लगाउँदै स्वर्ण पदक जितेकी छिन् । आर्मीकी मञ्जु बजगाईं र नेपाल पुलिसका पवन श्रेष्ठले कास्य पदक हात पारेका छन् ।

‘रिकर्व मेन्स टिम’तर्फ विभागीय टोली नेपाल आर्मीले स्वर्ण पदक जितेको छ । फाइनलमा गण्डकीको ‘ए’ टोलीलाई ६–२ ले पराजित गर्दै आर्मीले स्वर्ण पदक जितेको हो । गण्डकीले रजत पदक जित्दा गण्डकी ‘बी’ टोलीले कास्य पदक जितेको छ । 

‘रिकर्व मिक्स टिम इभेन्ट’मा नेपाल पुलिस क्लबले स्वर्ण पदक जित्दा आर्मीले रजत र गण्डकीले कास्य पदक जितेको छ । ‘स्टान्डर्ड मिक्स टिम’मा आयोजक गण्डकीले स्वर्ण पदक जितेको छ । फाइनलमा गण्डकीले आर्मीलाई ५–१ को सेटमा पराजित गरेको हो भने नेपाल पुलिस क्लबले कास्य पदक जितेको छ ।

‘कम्पाउन्ड मेन्स इन्डिभिजुअल’मा एपिएफ क्लबका मीन गौचनले स्वर्ण पदक जितेका छन् । फाइनलमा गण्डकी ‘ए’ टोलीका सुमन गुरुङलाई पराजित गर्दै उनले स्वर्ण पदक हात पारेका हुन् । सुमनले रजत पदक जित्दा आर्मीका पवन राईले कास्य पदक पाएका छन् । 

‘कम्पाउन्ड विमेन्स इन्डिभिजुअल’मा गण्डकीकी मोनिका राना मगरले स्वर्ण पदक, एपिएफकी प्रसाद आचार्यले रजत र एपिएफकी निर्मला काङवाङले कास्य पदक पाएका छन् । 

यसैगरी, ‘स्टान्डर्ड मेन्स टिम इभेन्ट’मा गण्डकी ‘ए’ ले ५–३ को सेटमा फाइनलमा नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । गण्डकीले स्वर्ण, पुलिसले रजत तथा एपिएफ क्लबले कास्य पदक जितेको हो ।

प्रतियोगितामा विजेता खेलाडीलाई प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष धोजकुमार गुरुङ, आर्चरी संघका अध्यक्ष किशोरकुमार गुरुङलगायतले मेडल तथा प्रमाणपत्र वितरण गरे । 

प्रतियोगितामा तीन विभागीय टोली, कोशी, बागमती र गण्डकी प्रदेशका दुई टोली गरी कुल सात टोलीका महिला २२ र पुरुष ४८ खेलाडीले प्रतिस्पर्धा गरेका आयोजकले जनाएको छ । प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् र प्रदेश खेलकुद परिषद् गण्डकीको आर्थिक तथा नेपाल आर्चरी संघको प्राविधिक सहयोग रहेको थियो ।