२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कन्काईमा निर्माणाधीन तटबन्धको कामलाई चाँडो सक्न ऊर्जा मन्त्रीको निर्देशन

अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले झापाको कन्काई नदीमा निर्माणाधीन तटबन्धको कामलाई चाँडो सक्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

झापाको कन्काई नदीमा निर्माणाधीन तटबन्धको आज स्थलगत निरीक्षण गर्दै मन्त्री खड्काले बर्सात अगाडि नै तटबन्धको काम सकेर जोखिम न्यूनीकरणमा लाग्न निर्देशन दिएका हुन् ।

उनले समयमै काम सम्पन्न नभए कम्तीमा १०० भन्दा बढी घरधुरी पूर्ण रूपमा विस्थापित हुने जोखिम रहेको बताए । गत असोज १० देखि  १२ गते परेको अविरल वर्षाका कारण कन्काई नदीमा आएको बाढीले हुलाकी राजमार्ग नजिक करिब ७०० मिटर क्षेत्र तटबन्धमा क्षति पुगेको थियो ।

सो क्षेत्रको पुन:निर्माण अझै नपुगेकाले बस्ती, खेती, पशुधन र सम्पूर्ण जीविकोपार्जनमा प्रतिकूल असर पर्ने खतरा बढेको भन्दै मन्त्री खड्का स्थलगत निरीक्षणमा पुगेका थिए । “ठेक्का प्रक्रिया होस् वा विपद् व्यवस्थापन बजेट जुनसुकै उपाय अपनाएर भए पनि तटबन्ध पुन:निर्माण कार्य समयमै सम्पन्न हुनुपर्छ, तटबन्ध निर्माणमा बजेट अभाव हुन दिइँदैन,” मन्त्री खड्काले भने ।

सो अवसरमा जनताको तटबन्ध कार्यक्रम झापाका प्रमुख इन्जिनियर विजयकुमार रेग्मीले १२ महिनाको लक्ष्यसहित सुरु गरिएको योजनाको पहिलो दुई महिनामै ६० प्रतिशत कार्य सम्पन्न भइसकेको जानकारी दिए ।

विद्युत् सेवा चुस्त बनाउन निर्देशन
यसैबीच मन्त्री खड्काले नेपाल विद्युत् प्राधिकरण बिर्तामोड वितरण केन्द्रको अनुगमन गर्दै सेवा प्रवाहमा कुनै पनि प्रकारको लापरबाही नगर्न निर्देशन दिए । “जनतालाई अवरोधविहीन विद्युत् सेवा उपलब्ध गराउनु हाम्रो प्रमुख दायित्व हो, लाइफ लस र सप्लाई लस दुवैको सम्भावना शून्य हुने गरी प्रणाली विकास गर्न आवश्यक छ,” उनले भने ।

मन्त्री खड्काले डेडिकेटेड र ट्रंक लाइनसम्बन्धी बक्यौता असुलीमा कडाइ गर्न, नियमित बिल तिर्ने उपभोक्तालाई प्रोत्साहन गर्न तथा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई पुरस्कृत गर्ने व्यवस्था मिलाउनुपर्ने बताए ।