२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गण्डक नहरको क्षमता विस्तार, ऊर्जा मन्त्री खड्काले गरे उद्घाटन

अ+ अ-

काठमाडौँ। पश्चिम नवलपरासीमा गण्डक नहर सिँचाइ परियोजनाको क्षमता विस्तार भएको छ ।

आज नवलपरासीमा एक कार्यक्रमका बीच नेपाल गण्डक पश्चिमी नहर सिँचाइ आयोजनाअन्तर्गतको सेटलिंग बेसिनको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का र प्रतिनिधि सभा सदस्य विनोद चौधरीले संयुक्त रूपमा उद्घाटन गरेका छन् ।

उद्घाटन समारोहमा बोल्दै मन्त्री खड्काले पश्चिम नवलपरासीका नागरिकले भोग्दै आएको डुबान र सिँचाइको समस्या समाधानका लागि आफू प्रतिबद्ध रहेको बताए । उनले भने, ‘यहाँ रहेका ६ वटा नदीहरूमा तटबन्ध निर्माण गर्नुपर्छ। त्यसका लागि पर्याप्त बजेटको आवश्यकता छ र यसका लागि सरकार गम्भीर छ ।’

सोही अवसरमा पश्चिम नवलपरासी-१ बाट निर्वाचित सांसद विनोद चौधरीले हरेक वर्ष वर्षायाममा हुने डुबान र कटानको समस्याबाट यो क्षेत्र अत्यन्तै प्रभावित भएकाले यसको दीर्घकालीन समाधानका लागि ऊर्जा मन्त्रीको ध्यानाकर्षण गराए । उनले ६५ वर्षअघि नेपाल-भारतबिच भएको ऐतिहासिक गण्डक परियोजना सम्झौताबारे भारतीय पक्षसँग गम्भीर रूपमा संवाद गर्नुपर्ने खाँचो औँल्याए ।

२०३९ सालमा निर्माण भएको नहरको सिँचाइ क्षमता ८ हजार ७ सय हेक्टर क्षेत्रफल भए पनि मुहानमै बालुवा थुप्रिने समस्याका कारण २० प्रतिशत क्षमतामा मात्रै सिँचाइ हुँदै आएको थियो। अब यो नहर क्षमता विस्तार गरी सञ्चालनमा आएको छ।

उद्घाटन गरिएको नेपाल गण्डक पश्चिमी नहरको सेटलिंग बेसिन ३५ करोड लागतमा साढे दुई वर्षमा सम्पन्न भएको हो।

सेटलिंग बेसिन निर्माणपछि अब नहरमा बालुवा जान रोकिनेछ, जसले नहरको पूर्ण क्षमतामा सिँचाइ गर्न मद्दत पुग्नेछ।