२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लम्पी स्किन र अफ्रिकन स्वाइन फिभरको अवस्था पत्ता लगाउन टोली परिचालन

अ+ अ-

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हाल मुलुकका केही स्थानका  पशु चौपायामा लम्पी स्किन र अफ्रिकन स्वाइन फिभर देखा परेको विषयमा उक्त रोगको वस्तुगत अवस्थिति अध्ययन गरी तत्काल नियन्त्रणका लागि प्रभावकारी उपाय पहिचान गर्न मातहतका निकायलाई परिचालन गरेको छ । 

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको अध्यक्षतामा आज बसेको सम्बन्धित अधिकारीहरूको बैठकले पशु सेवा विभागअन्तर्गतका वरिष्ठ पशु चिकित्सकको नेतृत्वमा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, प्रदेश मन्त्रालयअन्तर्गतका सम्बन्धित अधिकृत र स्थानीय तह समेतको सहभागितामा टोली गठन गरी तत्काल रोग देखा परेका क्षेत्रमा परिचालन गर्ने निर्णय गरेको छ । रोगको वस्तुस्थितिको दैनिक/आवधिक रिपोर्टिङ पशु सेवा विभागले मन्त्रालयका पशु स्वास्थ्य महाशाखाका वरिष्ठ पशु चिकित्सक डा.तपेन्द्रप्रसाद बोहोरालाई गराउने गरी ‘फोकल प्वाइन्ट’ तोकिएको मन्त्रालयले जनाएको छ  । 

बैठकले वर्षायामको सुरुआत हुने क्रमसँगै देखा पर्न सक्ने लामखुट्टेलगायत किराहरूबाट सर्ने पशुको रोगहरूको जोखिमलाई आकलन गरी रोग नियन्त्रण र खोप कार्यका लागि आवश्यक पर्ने खोपसहितका आवश्यक वस्तु तथा पारिश्रमिक समेतको लागत तयार गरी रोग नियन्त्रण तीनै तहका सरकारको सहभागितामा हुनेगरी परिचालनका लागि स्रोत व्यवस्थापन समेतको आकलन गर्न पशु सेवा विभागलाई निर्देशन दिएको मन्त्री अधिकारीको सचिवालयले जनाएको छ ।