२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘नेपालका पर्यटकीय गन्तव्यको प्रचार गर्न सके पर्यटकको बसाइँ लम्बाउन सकिन्छ’-डा. शिवराज अधिकारी 

अ+ अ-

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले नेपालका विभिन्न पर्यटकीय क्षेत्रको पहिचान तथा त्यस्ता गन्तव्यको प्रचार प्रसार गर्न सके नेपालमा आउने पर्यटकको बसाइँ लम्बाउन सकिने बताएका छन् । 

अठारौँ गणतन्त्र दिवसका अवसरमा आयोजित ‘पर्वतीय पर्यटन: हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनी अवलोकनपछि उनले नेपालका प्राकृतिक पर्यटकीय गन्तव्य र सांस्कृतिक धरोहरहरूको पर्याप्त प्रचारप्रसार हुन नसकेको बताए । 

“पर्यटन हाम्रो अर्थतन्त्रको मुख्य आधार बन्न सक्ने सम्भावना भएको क्षेत्र हो । यद्यपि हामीले नेपालमा आउने पर्यटकको बसाइँ लम्बाउने र उनीहरूको खर्च बढाउने कुरालाई ध्यान दिन सक्नुपर्नेछ”, प्रा. डा. अधिकारीले भने।

हिमाली पर्यटन तथा पर्यापर्यटन मात्र नभई नेपालका रैथाने रहनसहन, रैथाने स्वाद तथा परिकार, धर्म संस्कृतिबाट पनि पर्यटक भित्र्याउन सकिनेमा उनले जोड दिए । 

नीति निर्माण तहमा पर्यटन क्षेत्र प्राथमिकतामा परेको र त्यसबाट लाभ लिन सक्नुपर्छ भनेर सरकारले विभिन्न योजना तथा कार्यक्रम कार्यान्वयन गरिरहेको पनि अधिकारीले उल्लेख गरे ।

उनले रासस तस्बिर प्रदर्शनीमा प्रचारप्रसार नभएका र ओझेलमा रहेका पर्यटकीय स्थल पनि समावेश हुँदा आन्तरिक र बाह्य दुवै पर्यटकलाई ती क्षेत्रबारे जानकारी लिन योगदान पुग्ने बताए ।