काठमाडौँ । सरकारले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा रिक्त रहेको १२औँ तहको अतिरिक्त सचिवमा डा. केशर ढकाल र डा. श्रीकृष्ण श्रेष्ठलाई बढुवा गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ढकाल र श्रेष्ठलाई बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।
५० प्रतिशत बढी सिफारिस गर्ने व्यवस्थाअनुसार ढकाल र श्रेष्ठ बढुवा भएको बताइएको छ । तेस्रो नम्बरमा डा. सुधा देवकोटाको नाम सिफारिस भएको थियो ।







