२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्रचण्ड’को प्रतिबद्धता : ‘जनताको भरोसालाई २०६४ मा जस्तो विचलित हुन दिन्नौँ’

अ+ अ-

काठमाडौँ । माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको पुनः माओवादीप्रति बढ्दो भरोसालाई २०६४ सालको जस्तो विचलनमा पर्न नदिने दाबी गरेका छन् ।

पार्टीको पोखरा महानगरपालिकाको तेस्रो सम्मेलनलाई मंगलबार सम्बोधन गर्दै उनले विगत कमजोरीबाट पाठ सिक्दै आगामी दिनमा नयाँ अभियानका साथ अगाडि बढ्ने स्पष्ट पारे ।

‘मैले ०६४ तिरै जनता फर्किँदै गरेको, माओवादीले मात्रै हाम्रा मुद्दाहरूलाई, हाम्रा हकहितहरूलाई सही ढंगले सम्बोधन गर्न सक्छ भन्ने महसुस गरेको मैले थाहा पाएको छु,’ उनले भने, ‘हामीले जनताको त्यो भरोसा, त्यो विश्वासलाई ०६४ जस्तो विचलित हुन दिने छैनौँ, चौसट्ठी जस्तो विभाजित हुन दिने छैनौँ । बरु सम्पूर्ण इमानदार, प्रगतिशील र क्रान्तिकारी शक्तिलाई एकजुट बनाएर नयाँ अभियान चलाउनेछौँ ।’

उनले अघिल्ला निर्वाचनहरूमा माओवादीले प्राप्त गरेको अपार समर्थनलाई कायम राख्न नसकिएको स्वीकार गरे । ‘हामी पहिलो शक्तिबाट तेस्रोमा झर्‍यौँ, त्यो हाम्रो कमजोरी थियो,’ उनले भने, ‘मैले स्वयं शान्ति प्रक्रियाको हस्ताक्षरकर्ता र गणतन्त्रको घोषणा गर्ने नेतृत्वकर्ता हैसियतमा जिम्मेवारी लिनुपर्छ ।’