२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री ओलीद्वारा राजर्षि जनक विश्वविद्यालयका एक सय १४ विद्यार्थी दीक्षित

अ+ अ-

जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले राजर्षि जनक विश्वविद्यालयबाट स्नातक र स्नातकोत्तर तहमा उत्तीर्ण ११४ विद्यार्थीलाई आज दीक्षित गरेका छन् । 

सो विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले जनकपुरधाममा आयोजित प्रथम दीक्षान्त समारोहमा सो विश्वविद्यालयबाट गत तीन वर्षदेखि उत्तीर्ण विद्यार्थीहरूलाई दीक्षित गरेका हुन् । 

सो अवसरमा उनले विश्वविद्यालयमा उत्कृष्ट हुने चार जना र विभिन्न सङ्काय तथा शैक्षिक कार्यक्रममा उत्कृष्ट हुने १० जना विद्यार्थीहरूलाई पदक समेत प्रदान गरे । 

यसैगरी सोही समारोहमा  वरिष्ठ साहित्यकार  प्रा.डा.राजेन्द्र विमलले उत्कृष्ट विद्यार्थीहरूलाई प्रमाणपत्र तथा ‘मेडल’ प्रदान गरेका थिए । 

समारोहमा प्रा.डा.विमलले आफूले सिकेको ज्ञान तथा सीपलाई राष्ट्र र समाजको सेवामा इमानदारीपूर्वक लगाउन विधार्थीहरुलाई आग्रह गरे ।

विश्वविद्यालयका उपकुलपति डा.अमरप्रसाद यादवले प्रथम दीक्षान्त समारोह ऐतिहासिक रहेको उल्लेख गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्न प्रतिबद्ध विश्वविद्यालयलाई आवश्यक सहयोगका लागि आग्रह गरे । 

 यसैगरी रजिष्ट्रार सत्यनारायण साहले गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापना भएको राजर्षि जनक विश्वविद्यालय मधेसवासीका लागि गौरवको विषय भएको बताए ।

 सो विश्वविधालयमा हाल मानविकी र कानुन, विज्ञान प्रविधि तथा इञ्जिनियरिङ, स्वास्थ्य र व्यवस्थापन गरी  चार सङ्कायअन्तर्गत १३ वटा शैक्षिक कार्यक्रम सञ्चालनमा रहेका छन् । देशको पाँचवटा प्रदेशका १९ जिल्लामा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी सञ्चालित विभिन्न क्याम्पसहरूमा करिब एक हजार ७०० विद्यार्थी अध्ययनरत रहेको उपकुलपति  प्रा.डा.यादवले जानकारी दिए । 

अहिले सो विश्वविद्यालयको मातहतमा आङ्गिक पाँच र सम्बन्धन प्राप्त ६९ गरी ७४ वटा क्याम्पस रहेको डा.यादवले बताए । 

सो विश्वविद्यालयमा एमफिल, एमबिए, बिबिए, बिडिए, बिइ–सिभिल, बिआइटी, बीएससी–सिएसआइटी, बिपिएच, बिएससी–एमएलटी, बिएससी–एजी, बिए–एलएलवी तथा बिजेएमसीजस्ता शैक्षिक कार्यक्रम अध्ययन–अध्यापन हुने उपकुलपति डा यादवले जानकारी दिए।

धार्मिक एवं सांस्कृतिक नगरी जनकपुरधाममा अवस्थित यस विश्वविद्यालयको स्थापना २०७४ कात्तिक १२ गते भएको थियो । समारोहमा विश्वविद्यालयका पदाधिकारीहरूले आफ्नो भवन नभएकाले सहज र व्यवस्थित ढङ्गबाट कामकाज गर्न समस्या भएको गुनासो गरे ।

दीक्षान्त समारोहअघि प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति  ओलीको अध्यक्षतामा ‘सिनेट’ को बैठक  बसेको थियो ।