२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सङ्खुवासभाबाट सुत्केरीको महिलाको हेलिकप्टरमार्फत उद्धार

अ+ अ-

काठमाडौँ । सङ्खुवासभाको खाँदबारीबाट अत्यधिक रक्तस्रावबाट पीडित भएकी सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । 

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको समन्वयमा उनको उद्धार गरिएको हो । 

अत्यधिक रक्तस्राव भई खाँदबारी नगरपालिका-४ की ३८ वर्षीया अनिता श्रेष्ठको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला अस्पतालका मेडिकल अधिकृत प्रदीप श्रीवाल जानकारी दिए । 

सरकारले दुर्गम भेगमा जोखिममा परेका गर्भवती तथा सुत्केरी महिला लामो व्यथा लागि शिशु जन्माउन कठिनाइ भएका, गर्भमा नै शिशुको मुत्यु भएमा र सुत्केरीपश्चात् अत्यधिक रक्तस्राव भएमा नि:शुल्क हवाई उद्धार गर्दै आएको छ ।

जिल्ला अस्पतालमा जेठ २२ गते भर्ना भएकी सुत्केरी श्रेष्ठलाई आज बिहानदेखि अत्यधिक रक्तस्राव भएपछि थप उपचारका लागि हेलिकप्टरमार्फत थापाथली प्रसूति गृह काठमाडौँ पठाइएको मेडिकल अधिकृत श्रीवालले बताए । जिल्लामा चालु आर्थिक वर्षमा नौ जना गर्भवती, प्रसूति, सुत्केरी तथा नवजात शिशुहरूलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हवाई उद्धार गरिएको छ । 

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सञ्चालन भएयता हालसम्म करिब ३८ जना बढीको उद्धार गरिसकिएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको नि:शुल्क हवाई उद्धारबाट धेरै महिलाको ज्यान जोगिएको छ । 

भौगोलिक विकटताका कारण नजिकमा बर्थिङ सेन्टर र स्वास्थ्यचौकीमा शल्यक्रियासहितको प्रसूति सेवा पर्याप्त छैन । विशेषज्ञ चिकित्सक र पर्याप्त पूर्वाधारको अभावका कारण दुर्गममा भरपर्दो प्रसूति सेवा छैन । यही कारण जिल्लामा गम्भीर अवस्थाका गर्भवती तथा सुत्केरीको उपचार हुँदैन । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उद्धार गरिएकाहरू १७ वर्षदेखि ३६ वर्ष उमेर समूहका छन् ।