२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बिल नभएको सुन, हिरा तथा पत्थरको गहना बेच्ने ४ भारतीय पक्राउ

अ+ अ-

काठमाडौँ । प्रहरीले २ करोड १ लाख भन्दा बढी रकम बराबरको सुन, हिरा तथा पत्थरको गहनासहित ४ जना भारतीयलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत, कलकत्ता घर भइ हाल काठमाडौँ बस्ने ४३ वर्षीय हरिवोर सेख, ३९ वर्षीय सुरोजित दास, ४० वर्षीय तमोल साद्रा,र १६ वर्षीय सामुहिम सेख रहेका छन्।

काठमाडौँको प्युखा कृष्णचोक स्थित हाविबोर सेखले मुन्ना जेम एण्ड ज्वेलर्स सञ्चालन गरी विल भरपाई नभएका सुन चाँदी तथा हिराका गरगहना बिक्री वितरण गरिरहेका थिए।

सोही सूचनाको आधारमा गत सोमबार साढे ८ बजे काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी, जिल्ला प्रहरी परिसर, काठमाडौं तथा प्रहरी वृत्त जनसेवा समेतबाट खटिएको संयुक्त प्रहरी टोलीले सेखले सञ्चालन गरेको मुन्ना जेम एण्ड ज्वेलर्समा रीतपूर्वक खानतलासी गर्दा फेला परेका विल भरपाई बिनाका २ करोड १ लाख ७८ हजार ३ सय ६० रुपैयाँ बराबरको रकमका सुन, हिरा तथा पत्थरका गरगहना बरामद गरेको हो।

उनीहरूलाई आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान विभाग पठाइएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहोराले जनाकारी दिए।

उनीहरूको साथबाट नेक्लेस लकेट ट्याग जडित तौल गर्दा ३२८ ग्राम २३ मिलिग्राम,  जेन्स रिङ १० पिस तौल गर्दा ५० ग्राम ६१० मिलिग्राम , लेडिज रिङ १२ पिस ट्याग सहित तौल गर्दा ५६ ग्राम ६४० मिलिग्राम , लकेट १४ पिस ट्याग सहित तौल गर्दा ३७ ग्राम ११० मिलिग्राम, कानको टप ४० पिस ट्याग सहित तौल गर्दा ८१ ग्राम ६९० मिलिग्राम , लेडिज रिङ १६ पिस ट्याग सहित तौल गर्दा ४८ ग्राम ५८० मिलिग्राम , लेडिज रिङ २० पसि ट्याग सहित तौल गर्दा ९६ ग्राम ९०० मिलिग्राम , लेडिज रिङ २० पिस ट्याग सहित तौल गर्दा ९५ ग्राम ९५० मिलिग्राम, खुकुरी ट्याग सहित तौल गर्दा ५ ग्राम ९० मिलिग्राम , ब्रासलेट ३ पिस ट्याग सहित तौल गर्दा १७ ग्राम ९०० मिलिग्राम ,कानको बालि ६ पिस ट्याग सहित तौल गर्दा १० ग्राम ७९० मिलिग्राम ,टप ४ पिस ट्याग सहित तौल गर्दा ३ ग्राम ७८० मिलिग्राम ,लेडडिज औँठी १ पिस ट्याग सहित तौल गर्दा ४ ग्राम ७६० मिलिग्राम, लकेट १ पिस ट्याग सहित तौल गर्दा १ ग्राम १५० मिलिग्राम लगायतका सामानहरू बरामद भएको छ ।