२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भिजिट भिसा प्रकरणबारे सहमतिको लागि माओवादीको दुई बुँदे ड्राफ्ट

अ+ अ-

काठमाडौँ । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकमाथिको छानबिनमा ब्याक भएर माओवादी केन्द्रले दुई बुँदे ड्राफ्ट अघि सारेको छ । माओवादीको यो प्रस्तावमा सत्तारुढ दलहरू पनि सहमत रहेको एमालेका सचिव योगेश भट्टराईले बताए ।

उनले रास्वपाले अघि सारेको पाँच बुँदे प्रस्तावमा छलफल नै गर्न नसकिने बताएका छन् ।

उनले भने, ‘माओवादीले हामीसँग गरेको दुई बुँदे सहमतिको प्रयासमा रास्वपाको असहमति छ । रास्वपाले पठाएको पाँच बुँदे प्रस्तावमा छलफल नै हुँदैन । त्यसमा जान सकिँदैन, हामी माओवादीले ड्राफ्टसहित पठाएको कुरामा सहमत छौँ ।’

यद्यपि, रास्वपाको पाँच बुँदे प्रस्तावमा विपक्षीको एकमत रहेको दाबी नेताहरूले छाडेका छैनन् । तर, माओवादीका नेताहरूले रास्वपाको प्रस्तावमा आफूहरूको समर्थन नरहेको भन्दै दुई बुँदेमै सहमत बनाउने प्रयास गर्ने आफूहरूसँग भनेको सचिव भट्टराईले बताए ।

उनले माओवादीको प्रस्तावमा नै भोलि ३ बजेसम्मका लागि सदन स्थगित गरेको बताए । माओवादीसँग सत्तापक्षसँग सदन खुलाउन राखेको दुई बुँदे प्रस्तावको पहिलो बुँदामा अख्तियारले गरेको छानबिनमा सरकारले पूर्ण सहयोग गर्ने र दोस्रोमा भिजिट भिसा अध्यागमनहरूमा देखिएको विभिन्न समस्याको सन्दर्भमा संरचनात्मक सुधारको निम्ति काम गर्ने रहेको एक नेताले बताए ।

तर, माओवादीका उपमहासचिव वर्षमान पुनले भने संसद् सुचारु गर्न सरकारले चासो नदेखाएको आरोप लगाए ।

संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘हामीले बजेट पेश गर्न दियौँ। अब छलफल हुनुपर्छ, तर यो भिजिट भिसा प्रकरण आमजनताको इस्यु भइसक्यो। कि प्रतिपक्षले उठाएको इस्यु बेठीक छ भन्नुपर्‍यो । सही छ भने उहाँहरू तयार हुनुपर्‍यो ।’

सांसद पुनले आफूहरूले उठाएको मागमा सत्तापक्ष सकारात्मक रहेको विश्वास व्यक्त गरे । तर उनले आफूहरू मागबाट पछि नहटेको दाबी गरे ।