काठमाडौँ। नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालले बाढीले क्षतिग्रस्त बिपि राजमार्गको अनुगमन गरेका छन् । अनुगमनका क्रममा उनले सुनकोसी मरिण डाइभर्सन आयोजना र सूर्य विनायक–धुलिखेल सडक निर्माणको पनि निरीक्षण गरे ।
मुख्य सचिव अर्यालले तोकिएको समयभित्र काम सम्पन्न गरी वर्षा यामअघि नै सडक स्थायी रूपमा सञ्चालन हुने गरी तीव्रताका साथ काम गर्न निर्देशन दिए ।
अनुगमनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, आयोजना प्रमुख, सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू र निर्माण व्यवसायीहरूको उपस्थिति थियो।
सो अवसरमा उनले सुनकोसी मरिण डाइभर्सन आयोजनाको कार्य प्रगति अवलोकन गरेका छन्। आयोजना समयमै सम्पन्न गर्न सम्बन्धित पक्षलाई थप सक्रिय हुन आग्रह गरे ।

पछिल्लो समय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको कार्य प्रगति कमजोर देखिएको छ। निर्माण र मर्मत कार्यमा सन्तोषजनक प्रगति नहुँदा पूर्वाधार विकासमा चुनौती थपिएको छ।







