काठमाडौँ । भारतको अहमदाबादमा आज भएको एअर इन्डिया उडान एआई १७१ को दुर्घटनाबाट नेपाल सरकारले गहिरो दुःख व्यक्त गरेको छ ।
नेपाल सरकार परराष्ट्र मन्त्रालय द्वारा जारी गरिएको विज्ञप्तिमा दुर्घटनाप्रति गहिरो दुःख र समवेदना व्यक्त गरिएको छ । ‘नेपाल सरकार भारत सरकार तथा भारतीय मित्र जनसमुदायप्रति हार्दिक समवेदना प्रकट गर्दछु, विज्ञप्तिमा भनिएको छ, ‘दुर्घटनामा ज्यान गुमाउने परिवारजनप्रति हामी गहिरो श्रद्धाञ्जली अर्पण गर्छौँ ।’
नेपालले भारत सरकार तथा भारतीय जनतासँग ऐक्यबद्धता प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।
सरकारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, यो गहिरो पीडाको समयमा नेपाली सरकार र नेपाली जनताले भारत सरकार तथा जनताको साथ दिँदै गहिरो सहानुभूति प्रकट गर्दछ ।’








