२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘बालबालिकाले स्नेहपूर्ण जीवन पाउनुपर्छ’ : प्रधानमन्त्री ओली

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बालबालिकाले सडकमा बस्न बाध्य हुन नहुने र उनीहरूले स्नेहपूर्ण जीवन पाउनुपर्ने बताएका छन् । 

बालश्रम विरुद्ध विश्व दिवसको सन्दर्भमा बालसंरक्षण राष्ट्रिय सञ्जाल (एनसिपिए) द्वारा आज प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले “म बालबालिकाले दुःख पाएको सुन्न र देख्न पनि सक्दिनँ । मलाई गाह्रो हुन्छ । म उनीहरू सधैँ मुस्कुराइहुन् भन्ने चाहन्छु । सामन्ती व्यवस्थाको शोषणका समयमा यसरी आज जस्तो बालबालिकाले आफ्ना कुरा र अधिकारबारे बोल्न र शासकहरूलाई सुनाउन पाउँदैनथे । आज म प्रधानमन्त्रीका रूपमा बालबालिकाका कुरा सुनिरहेको छु ।”, बालबालिकाका समस्याका कुरा सुनेपछि भावुक हुँदै  प्रधानमन्त्री ओलीले भने, “हाम्रा कुनै पनि बालबालिका सडकमा वा बालश्रममा पर्न बाध्य हुनु हुँदैन । उनीहरूले स्नेहपूर्ण जीवन पाउनुपर्छ । हामीले सडक बालबालिका मुक्त अभियान सञ्चालन गरेका छौँ, सिंगो मुलुकको आर्थिक–सामाजिक रूपान्तरणसँगै बालबालिकाको समग्र हितका लागि हाम्रा प्रयासहरू जारी रहनेछन् ।’’

उनले आफूले जीवनमा बालबालिकालाई जिस्किएर पनि नपिटेको र एक शब्द पनि गाली नगरेको उल्लेख गर्दै उनीहरूको आफ्नो कारणले कहिले पनि बालबालिकालाई रुवाउन नचाहने स्पष्ट गरे ।

“मैले विभिन्न ठाउँका बालबालिकालाई अभिभावकत्व लिएर पढाएको छु । देशभरका बालबालिकालाई स्नेहमय जीवन कसरी दिन सकिन्छ भन्नेमा हामी लागिरहेका छौँ । सिंगै देशको आर्थिक र सामाजिक अवस्था सुधारमा सरकार लागि रहेको छ । पक्कै पनि हामी स्थितिमा फरक ल्याउँछौँ ।’’, प्रधानमन्त्रीको भनाइ थियो, “बालश्रममा परेका बालबालिकालाई त्यहाँबाट हटाएर राम्रो व्यवस्था गरिदिन सक्नुपर्छ ।’’

प्रथम महिला राधिका शाक्यसमेत सहभागी कार्यक्रममा विभिन्न स्थलमा रहेका १९ बालबालिकाका तर्फबाट बालश्रमका समस्या र समाधानका विषयमा  प्रधानमन्त्री ओलीलाई सामूहिकरुपमा चिठी बुझाएका थिए ।

कार्यक्रममा एनसिपिएका पूर्व अध्यक्ष विमला ज्ञवालीले बालश्रम अन्त्यका लागि विद्यमान कानुनी व्यवस्थामा संशोधन हुनुपर्ने बताइन् ।

राष्ट्रिय कार्य तथा समन्वय समूह (एनएसिजी-नेपाल)का सहअध्यक्ष नरेन्द्र डंगोलले बालबालिकामाथिको सबै प्रकारको हिंसा अन्त्यका लागि सरकार र सामाजिक क्षेत्रबाट पहल हुनुपर्नेमा जोड दिए ।