काठमाडौँ। तीनकुने घटनाका मुख्य आरोपीको रूपमा मुद्दा दायर गरिएका व्यवसायी दुर्गा प्रसाईँ सहितका प्रतिवादीहरुविरुद्धको थुनछेक बहस जिल्ला अदालत काठमाडौँमा सकिएको छ ।
आजै आदेश आउने सम्भावना रहेको बताइएको छ ।
जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा २० जेठदेखि निरन्तर थुनछेक बहस भइरहेको बहस आज सकिएको हो ।







