काठमाडौँ । डोल्पामा पाइने यार्सागुम्बा बिक्री गर्नका लागि १०६ दशमलव ६१७ केजीको इजाजत दिइएको छ । एकचालीस जनाले उक्त इजाजत लिएको डोल्पास्थित डिभिजन वन कार्यालयका डिभिजन प्रमुख मोहनबहादुर रावलले बताएका छन् ।
साउनदेखि हालसम्म ४१ जनाले इजाजत लिएको उनले बताए । जेठमा मात्र नौ जनाले इजाजत लिएको उनको भनाइ छ । अहिले मात्र नौ जनाले ३८ दशमलव १२१ केजीको इजाजत दिइएकामा साउनदेखि हालसम्म ४१ जनालाई १०६ दशमलव ६१७ केजीको इजाजत दिइएको छ ।
प्रतिकेजी रु. ३१ हजार लिएर इजाजत दिने गरिन्छ । हालसम्म विभिन्न शीर्षकको रु एक करोड दुई लाख २४ हजार उठेको छ । ठुलिभेरीका तीन सामुदायिक वन समूह र काइके गाउँपालिकाको एउटा सामुदायिक वन समूहले प्रवेश शुल्क लिने गरेका छन् । सामुदायिक वनले प्रवेश शुल्क उठाउने गर्दछन् ।







