काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’लाई आफूले पार्टी छाड्नु भनेर नभनेको दाबी गरेका छन् ।
विराटनगर विमानस्थलमा शनिवार बिहान सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले शर्मालाई पार्टी छाड्नु भनेर आफूले कहिल्यै नभनेको बताए ।
जनार्दनलाई पार्टी छाड्नु भन्नु भएछ नि? भनेर सोधिएको प्रश्नको जवाफ दिँदै उनले भने, ‘भनेकै छैन त्यो, बेकारको कुरा हो । तपाईंहरूले पत्याउनुभयो भने गल्ती गर्नुभयो ।’







