२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सर्वोच्च अदालतका न्यायाधीश र न्याय परिषद् सदस्यको संसदीय सुनुवाइ सुरु

अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतका लागि प्रस्तावित तीन न्यायाधीश र एक न्याय परिषद् सदस्यको संसदीय सुनुवाइ प्रक्रिया शनिबारबाट सुरु भएको छ । सिंहदरवारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले यो प्रक्रिया अघि बढाएको हो ।

बैठकमा समिति सभापति इश्वरीदेवी न्यौपानेले संसदीय सुनुवाइ समितिको कार्यविधि २०८० को दफा १२ अनुसार प्रस्तावित व्यक्तिहरूको विवरण सर्वसाधारणलाई जानकारी गराउने र उनीहरूबारे कुनै उजुरी वा सूचना भए समितिमा पेस गर्न सरकारी तथा विद्युतीय सञ्चारमाध्यममार्फत सार्वजनिक सूचना जारी गर्ने प्रस्ताव राखिन् । समितिले उक्त प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।

न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशका लागि वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दीपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापालाई सिफारिस गरेको छ । त्यस्तै, न्याय परिषद् सदस्यमा वरिष्ठ अधिवक्ता महेश नेपाल प्रस्तावित छन् ।