२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सभामुखले रास्वपालाई भने-‘अब संसद रोक्ने अवस्था छैन, संवैधानिक सीमा र बाध्यता बुझ्नुपर्छ’

अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले आज बिहान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्याल र प्रमुख सचेतक सन्तोष परियारसँग छलफल गरेका छन् ।

भेटमा सभामुख घिमिरेले बजेटमा व्यापक छलफल हुनुपर्ने बेला अवरुद्ध हुँदा जनतामा गलत सन्देश गएको बताए ।

विपक्षीले उठाएका मुद्दाहरू गम्भीर भएकाले नै आफूले २ हप्ता सहमतिका लागि संसद् रोकेको उल्लेख गर्दै उनले अब रोक्ने अवस्था नभएको बताए ।

आफूले संवैधानिक सीमाहरूलाई ख्याल गरेर अगाडि बढेको उल्लेख गर्दै उनले भने, ‘संसदको नेतृत्वका हिसाबले मैले संवैधानिक सीमालाई पनि ख्याल गर्नुपर्दछ । राष्ट्रियसभाले ५ गतेभित्र प्रतिनिधिसभाबाट विनियोजन विधेयक पठाउन भनेको छ । यस्तो अवस्थामा जुनसुकै हालतमा बजेट पारित गर्नैपर्दछ । तपाईँहरूले आफ्नो आन्दोलनको स्वरूप बदलेर पनि संवैधानिक सीमा र बाध्यता बुझ्नुपर्छ । बरु सरकारसँग संवादका लागि आवश्यक सहजीकरण म गर्नेछु । गम्भीर भएर छलफल गरौँ ।’

यता, रास्वपाले आफूहरूले जनताका वास्तविक समस्या उठाएको भए पनि सरकार गम्भीर नभएकाले संसद् अवरोधको बाध्यात्मक बाटो रोज्नुपरेको बताएको छ ।

रास्वपाले मुद्दाबाट पछाडि फर्किन सक्ने अवस्था नभएको तर निकासका लागि छलफल र संवादमा रहेको पनि सभामुखलाई भनेको छ ।

एक घण्टा भएको छलफलमा रास्वपाका कार्यवाहक सभापति र प्रमुख सचेतक परियारले भने, ‘विपक्षीले उठाएका माग गम्भीर छन् । जनताको वास्तविक समस्या उठाएका छौँ । हाम्रा माग र मुद्दामा सरकार गम्भीर नभएकाले संसद् अवरोध बाध्यात्मक भएको हो । अहिलेकै अवस्थामा हामी मुद्दाबाट पछाडि फर्कन सक्ने अवस्थामा छैनौँ । तथापि हामी अहिलेको निकासका लागि छलफल र संवादमा नै छौँ ।’