काठमाडौँ । नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी जागिर खाएको आरोपमा पालिकाका सब-इन्जिनियरविरुद्ध मुद्दा दायर गरिएको छ ।
सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाका तत्कालीन सब-इन्जिनियर करारमा कार्यरत दिपेन्द्र कुमारविरुद्ध मुद्दा दायर गरेको हो ।
उनीमाथि नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी नियुक्ति लिई ओहोदा, लाभ र सुविधा प्राप्त गरेको आरोप आयोगले लगाएको छ ।








