काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालयका दुई खरिदारसहित चार जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले सोमबार मालपोत कार्यालय कोहलपुर, बाँकेका खरिदारद्वय हरिचन्द्र पाण्डे र रतन बहादुर जि.सी. सहित चार जना उपर घुस रिसवत लिई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो ।
उनीहरूमाथि जग्गाको मोठ भिडाउने कार्यमा सहजीकरण गरिदिने भनी लेखापढी व्यवसायी (बिचौलिया) मार्फत सेवाग्राहीसँग घुस रिसवत लिएको आरोप आयोगले लगाएको छ ।
यस्तो छ आरोप पत्र :








