२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लिङ्देनले भने-‘सभामुख संसदीय मर्यादाविपरीत चले, शान्तिपूर्ण ढंगले सदन नचलेसम्म बहिस्कार गरिराख्छौँ’

अ+ अ-

काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरूलाई सरकारले बजेटमा भाग लिने वातावरण नै नबनाएको आरोप लगाएको छन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिन गर्न सरकारले अटेर गरेको भन्दै प्रतिनिधि सभाको बैठक बहिष्कार गरेपछि संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभामुखले विरोधमा रहेका दलहरूलाई वार्तामार्फत मिलाउन लाग्नुको सट्टा जबरजस्त अगाडि बढाएको बताए ।

उनले सभामुखले भद्रगोल अवस्थामा सदन चलाएर संसदीय मर्यादा र परम्पराविपरीत गएको बैठक अघि बढाएको आरोप लगाए ।

उनले भने, ‘सभामुखबाट अनुचित काम भइरहेको छ, यस्तो बैठकमा हामी बस्दैनौँ जबसम्म संसद्मा एउटा थिति बस्दैन, शान्तिपूर्ण ढंगले संसद् चल्ने वातावरण नभएसम्म हामी बैठक बहिस्कार गरिराख्छौँ। हामीले सभामुखलाई त्यसबारे जानकारी गराएका छौँ ।’

उनले रास्वपासँग आफूहरू इस्युमा एक ठाउँमा रहेको बताए। उनले थपे, ‘इस्युमा एक ठाउँमा छौँ । आवश्यक परे छलफल गरेर सहकार्य गरेर जान पनि सक्छौँ। अहिले हामी आआफ्नै ढंगले जोडिएका छौँ ।’