काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूलाई एकीकृत गर्न विधेयकको मस्यौदा सार्वजनिक गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको यस मस्यौदामाथि १५ दिनभित्र सुझाव दिन आग्रह गरेको छ ।
दुई वर्षअघि मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति लिएको यो विधेयक कानुन मन्त्रालयको कानुनी समीक्षापछि पुनः स्वास्थ्य मन्त्रालयमा फिर्ता आएको थियो । कानुन मन्त्रालयको सुझावअनुसार संशोधन गरेर मन्त्रालयले यो मस्यौदा सार्वजनिक गरेको हो ।
विधेयकको मस्यौदा अनुसार हाल छुट्टाछुट्टै ऐनबाट सञ्चालित ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरू अध्ययन संस्थानमा परिणत हुनेछन् । यसमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान समावेश छन् ।
ती सबै प्रतिष्ठानले शैक्षिक कार्यक्रम र परीक्षा प्रणाली आ(आफ्नै तरिकाले सञ्चालन गरिरहेका छन् । यो ऐन लागू हुनुपूर्व प्रचलित कानुन बमोजिम स्थापना भई सञ्चालनमा रहेको स्वास्थ्य विज्ञान प्रतिष्ठानहरू देहाय बमोजिम हुने गरी अध्ययन संस्थानमा परिणत भएको मानिनेछ,’ विधेयकको मस्यौदामा उल्लेख गरिएको छ ।
छाता ऐन अन्तर्गत गठन हुने ’एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान’मा कुलपति, सहकुलपति र उपकुलपति रहने व्यवस्था गरिएको छ । प्रतिष्ठानको सभामा कुलपति अध्यक्ष र सहकुलपति उपाध्यक्ष रहनेछन् ।
सरकारले आर्थिक भार कम गर्न र शैक्षिक कार्यक्रममा एकरूपता ल्याउनका लागि सबै प्रतिष्ठानको प्रशासनिक नेतृत्व एउटा उपकुलपति हेर्ने गरी एकीकृत छाता ऐन ल्याउन लागेको हो ।
काठमाडौँ । करण केसीले स्कटल्यान्डविरुद्धको खेलमा १००औँ विकेट लिएका छन्। उनले टी-२० अन्तर्राष्ट्रियमा १०० विकेट लिएका हुन्।
उनले १०१ खेलमा व्यक्तिगत १०० विकेट पुर्याएका हुन्। यसअघि सन्दीप लामिछानेले टी-२० अन्तर्राष्ट्रियमा १०० विकेट लिका थिए।







