काठमाडौँ । सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापालाई विशेष अदालतले ३ लाख धरौटीमा छाड्न आदेश गरेको छ ।
उनीविरुद्ध अख्तियारले ५६ करोड ७१ लाख रुपैयाँ बिगो माग दाबी गरेको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागमतीको वडा ४ र १२ मा पर्ने सागरनाथ वन विकास परियोजनाको वन क्षेत्र अतिक्रमण गरी ढुंगा, गिट्टी, बालुवा, माटो उत्खनन् गरी परेको खाल्डोमा माछापोखरी निर्माणका नाममा करोडौँ रकम संघ र प्रदेशबाट माग गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको थियो ।







