२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इजरायल र इरानमा रहेका नेपालीलाई उच्च सुरक्षा सतर्कता अपनाउन परराष्ट्र मन्त्रालयको आग्रह 

अ+ अ-

काठमाडौँ । परराष्ट्र मन्त्रालयले इजरायल र इरानमा रहेका नेपालीलाई उच्च सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ ।

बुधबार साँझ विज्ञप्ति जारी गर्दै मन्त्रालयले इजरायल र इरानमा रहेका नेपालीलाई तोकिएको समय र स्थानमा बाहेक घर वा बंकररसेल्टरबाट बाहिर ननिस्किन आग्रह गरेको हो ।

इजरायल-इरानबीच पछिल्लो पाँच दिनदेखि युद्ध चलिरहेको छ । सो कारण अन्य मुलुकहरुले आफ्ना नागरिकलाई इजरायल र इरान छाड्न एनभाइजरी जारी गरेका छन् ।

मध्यपूर्वमा देखिएको खतराको स्थितिलाई मध्यनजर गर्दै मन्त्रालयले इजरायलमा रहेका नेपालीलाई त्यहाँको सरकारले जारी गरेका सुरक्षा सतर्कता, यात्रा, आवागमन तथा सुरक्षित स्थान सम्बन्धी सूचना, मापदण्ड तथा जानकारी निरन्तररुपमा लिन र पालना गर्न आग्रह गरेको छ ।

यस्तै नेपाली समुदाय र नेपाली दूतावाससँग नियमित सम्पर्कमा बस्न समेत मन्त्रालयको आग्रह छ । साथै मन्त्रालय र राजदूतावासले जारी गरेका सूचना तथा यात्रा सम्बन्धी जानकारी नियमित रूपमा हेर्न आग्रह गर्दै मन्त्रालयले संकट आइ परेमा उद्धार तथा सहायताका लागि आफ्नो विवरण अनलाइनमार्फत यथाशीघ्र टिपाउन भनेको छ ।

इजरायलमा रहेका नेपालीले परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभाग र तेल अवीवस्थित नेपाली राजदूतावासको वेबसाइटमार्फत आफ्नो विवरण टिपाउन सक्नेछन् ।

परराष्ट्रले विज्ञप्तिमार्फत इजरायल, इरान वा मध्यपूर्वका अन्य मुलुकमा भ्रमणका लागि जाने योजनामा रहेकाहरूलाई तत्काल यात्रा नगर्न समेत आग्रह गरेको छ ।

साथै इजरायल, इरान वा मध्यपूर्वका अन्य मुलुकमा रोजगारी वा अन्य प्रयोजनका लागि जाने तयारीमा रहेकाहरूलाई पनि मन्त्रालयले तत्कालका लागि योजना स्थगित गर्न सुझाएको छ ।

मन्त्रालयले इजरायल र इरानबीच विकसित घटनाक्रमलाई नेपाल सरकारले नजिकबाट नियालिरहेको भन्दै त्यहाँ रहेका नेपालीहरू हालसम्म सुरक्षित रहेको जानकारी दिएको छ ।

‘त्यहाँ रहनुभएका नेपाली नागरिकहरू हालसम्म सुरक्षित रहनुभएको र निजहरूको हितको रक्षा गर्न आवश्यकता अनुसारको उपयुक्त कदम चालिने ब्यहोरा समेत सम्बन्धित सबैलाई जानकारी गराइन्छ’, मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै मन्त्रालयले इजरायल र इरानमा रहेका नेपालीहरूले स्वेच्छाले नेपाल फर्कन चाहेमा सहजीकरण गर्नै जनाएको छ । इजरायल र इरानको हवाइमार्ग बन्द रहेका कारण तेस्रो मुलुक भएर आउनुपर्ने भएकाले ‘ट्रान्जिट भिसा’ लिनुपर्ने पर्ने भन्दै फर्किन चाहनेहरूलाई सहजीकरण गरिने जानकारी दिएको छ ।