२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाथीभराका अध्यक्षलाई मन्त्रीले हाने दुई मुक्का

अ+ अ-

काठमाडौँ । पाथीभरा विकास समितिका अध्यक्ष रक्की थेबे लिम्बूलाई मन्त्री खगेनसिं हाङगामले कुटपिट गरेका छन् । बेलाबेला विवादमा आइरहने कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री हाङगामले अध्यक्ष थेबेलाई कुटपिट गरेका हुन् ।

मंगलबार साँझ ७ बजे फुङलिङ ४ मा कारबु क्याफेबाट निस्कने क्रममा मन्त्री हाङगामले थेबेलाई हातपात गरेका हुन् । मन्त्रीलाई भेट्ने क्रममा उहाँले एक्कासि आफूमाथि हात छाडेको थेबेले बताए । उनले प्रशासनसँग भने, ‘मन्त्री ज्युलाई कसले के कुरा सुनायो मलाई थाहा भएन । भेट हुने बित्तिकै तँ मेराविरुद्ध लागेको छस् रे ! भन्दै २ मुक्का हान्नुभयो ।’आफू उहाँबिरुद्ध नलागेको उनले दाबी गरे । मन्त्री ज्यूलाई राजनीतिमा आउनुभन्दा पहिलै चिनेकाले उहाँका विरुद्धमा कहिल्यै पनि नलागेको उनले सुनाए । उनले भने, ‘यो विषय मिल्छ भन्ने लागेकाले प्रहरी प्रशासनमा जाहेरी समेत नदिई बसेँ । तर उहाँ सम्पर्कमा आउनु भएन, अब नैतिकताको हिसाबले पनि कानुनी उपचारको बाटो खोज्नुपर्छ’ ।

आफू पार्टीको जिम्मेवार व्यक्ति भएकाले नैतिकताको हिसाबले पनि यो विषयलाई छलफलमा ल्याउने बताए । यो विषयमा मन्त्री ज्यूले अहिलेसम्म कुनै प्रतिक्रिया नदिएको तर उनका नजिकका व्यक्तिलाई भने फोन गर्न लगाएको थेबेले बताए । उनी नेकपा एसका कोसी प्रदेश कमिटी सदस्य हुन् ।

यसबारे मन्त्री हाङगामसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन् । मन्त्री हुनुअघि हाङगामले ताप्लेजुङका डीएसपी राजन लिम्बूको परिवारलाई मार्ने धम्की दिएका थिए । ‘पानीमुनि गए पनि नछाड्ने’ लिम्बूलाई उनले दिएको धम्कीको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो ।