काठमाडौँ। कैलाली कारागारका कैदीको मृत्यु भएको घटनामा नेपाल प्रहरीका एक जना प्रहरी नायब निरीक्षक (सई)लाई पक्राउ गरिएको छ ।
डडेल्धुराको भागेश्वर गाउँपालिका-५ का २८ वर्षीय हरिस सिंह पालीको मृत्यु प्रकरणमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत सई हरजीत नाथलाई पक्राउ गरिएको प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी)राजकुमार सिंहले बताएका छन् ।
डीएसपी सिंहका अनुसार पीडित पक्षले दिएको किटानी जाहेरीका आधारमा नाथलाई पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।
नाथ मृतक पाली प्रतिवादी रहेको बैंकिङ कसुर मुद्दाका वादी समेत हुन् । नाथले दिएको मुद्दामा पालीलाई जिल्ला अदालतले २०८० सालको फागुनमा १० दिन कैद र दुई लाख जरिवाना हुने फैसला गरेको थियो ।







